२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेपाल महिला भलिबलको सेमिफाइनलमा

१३ मंसिर, काठमाडौँ । नेपाल १३ औं साग महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले बंगलादेशमाथि २५–८, २५–११, २५–९ को जित निकालेको थियो । समूह ‘ए’ मा रहेको नेपाल उपविजेता बन्यो । भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघिकाे खेलमा भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । नेपालले भने बंगलादेशलाई हराएको थियो । लगातार दुई हारसँगै बंगलादेश समूह चरणबाट बाहिरएको छ । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जसमा श्रीलंका र माल्दिभ्समध्ये एक टोली नेपालको प्रतिद्वन्दी हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार १५:००