२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

२-२ को बराबरीमा रियल-पीएसजी

११ मंसिर, काठमाडौं । स्पेनिस महारथी रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच मंगलबार राति भएको च्याम्पियन्स लिगअन्तर्गतको खेल २-२ गोलको बराबरीमा सकिएको छ । २-० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको हो ।

खेलको १७औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७९औँ मिनेटमा गोल गर्दै बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए ।

लगत्तै डिफेन्सको गल्तीको फाइदा उठाउँदै काइलियान एम्बाप्पेले पीएसजीका लागि गोल फर्काए । त्यसको २ मिनेटमै पाबलो साराबियाले बराबरी गोल फर्काए । त्यसपछि कसैले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगियो । –एजेन्सी

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०७:५६