४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चितवनको ईच्छाकामनामा विपन्नलाई निःशुल्क सिलाई मेसिन

–शिशिर सिंखडा
१७ वैशाख, चितवन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ७ दाहाखानीमा विपन्न स्थानीय महिलालाई निःशुल्क सिलाई मेसिन उपलब्ध गराइएको छ । सेवा अहिले नेपाल काठमाण्डौंको संस्थाले स्थानीय २९ जना महिलाहरुलाई ६ महिनासम्म सिलाई कटाई तालिम उपलब्ध गराई लुगा सिलाउने मेसिन समेत उपलब्ध गराएको हो ।

निःशुल्क तालिमका अतिरिक्त आवश्यक सामग्री र सिलाई मेसिन समेत निःशुल्क रुपमै उपलब्ध गराइएको संस्थाका अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । उनीहरुलाई शीपका अतिरिक्त मेसिन समेत उपलब्ध गराएपछि आत्मनिर्भर भई काम गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यले सो मेसिन हस्तान्तरण गरिइएको ढकालले बताए । कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले तालिममा सहभागीहरुलाई प्रमाणपत्र र सिलाई मेसिन हस्तान्तरण गरेकी थिइन् । सो संस्थाले यस अगाडि पनि शक्तिखोर र पदमपुरका ८४ जना महिलाहरुलाई उक्त प्रकारको तालिम उपलब्ध गराईसकेको छ ।

यस्तै गरी जेन्टल हर्ट फाउण्डेशन काठमाण्डौंले पनि सिद्धि र जुटपानीका ५१ जना महिलाहरुलाई सोही प्रकारको तालिम उपलब्ध गराएको संस्थाका चितवन को–अर्डिनेटर ईश्वर श्रेष्ठले जानकारी दिए । सो फाउण्डेशनको आयोजनामा कालिका–७ स्थित पृथ्वी मा.वि. सालघारी शाखाका १ सय ६ जना विद्यार्थीहरु, पृथ्वी मा.वि. का ३३ जना विद्यार्थीहरु र राष्ट्रिय मा.वि. मझवाङ शाखाका १ सय ४५ जना विद्यार्थीहरुलाई कपी, पेन्सिल, खाजा, मन्जन, ब्रस, साबुन उपलब्ध गराइएको थियो । सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष अर्जुन ढकाल, कार्यक्रम संयोजक जगदिश पोखरेल, संस्थाकी सदस्य शोभा ढकाल, जिल्ला को–अर्डिनेटर ईश्वर श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार १०:५४