२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सन्दीप लामिछानेले ‘साग’ गुमाउने

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । दुवै आँखाको सामान्य शल्यक्रियापछि उनले खेल गुमाउने भएका हुन् ।

नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले दिएको जानकारीअनुसार सन्दीपले १५ दिन आराम गर्नुपर्ने भएपछि उनी साग खेलमा सहभागी नहुने भएका हुन् । तिलगंगा अस्पतालमा उनको सोमबार बिहान दुवै आँखाको शल्यक्रिया भएको थियो । टाढाको वस्तु धमिलो देख्ने भएपछि उनको शल्यक्रिया गरिएको सिवाकोटीले बताए ।

सन्दीपलाई खेल्न नमिल्ने भएपछि नेपालले उनको स्थानमा रोहितकुमार पौडेललाई टिममा समावेश गरेको छ । यसअघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीका रुपमा थिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०८:२५