२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

नेपालगन्ज म्याराथनमा २ हजार बढीको सहभागिता !

७ मंसिर, बाँके । क्रिएटिभ ह्यान्डसको आयोजना तथा नेपालगन्ज उप-महानगरपालिकाको सह-आयोजनामा धारा ‘नेपालगन्ज म्याराथन’को पाँचौं संस्करण सुरु भएको छ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको अवसर पारेर म्याराथन हुँदै आएको छ ।

यसपटक म्याराथनको मुख्य प्रायोजन धारा तेलले गरेको छ । सह-प्रायोजकका रुपमा नेपालगन्ज आर्शीवाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक आबद्ध छन् । त्यस्तै निदान डाइग्नोस्टिक एन्ड हेल्थ सेन्टर डाग्नोस्टिक पार्टरका रुपमा छ । यसपटकको म्याराथनमा २ हजार बढी सहभागी छन् ।

मेरो टुकी प्रज्ञालय म्याथनमा एकेडेमिक, दैनिक नेपालगन्ज मिडिया, क्रिएटिभ बुक्स बुक, हाम्रो खेलकुद डटकम अनलाइन, नेपालगन्ज मेडिकल कलेज मेडिकल, होटल भ्यु सिद्धार्थ हस्पिटालिटी पार्टरका रुपमा छन् ।

खुला म्याराथनतर्फ शीर्ष ८ तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । म्याराथनमा प्रथमले ६५ हजार, द्धितीयले ३५ हजार, तृतीयले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ नगद पाउनेछन् ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भई कोहलपुर चोकदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोक आएर म्याराथन पूरा हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०७:३२