१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

शैक्षिक प्रमाणपत्र धितो राखेर निर्व्याजी ऋण उपलब्ध गराउन संयुक्त विद्यार्थी संगठनको माग


१६ वैशाख, काठमाडौँ । बजेटको तयारीमा रहेको सरकारलाई शिक्षामा २० प्रतिशत बिनियोजन गर्न प्रमुख विद्यार्थी संगठनले ध्यानाकर्षण गराएका छन । संविधान अनुसार जेठ १५ गते सरकारले बजेट ल्याउँदैछ । निजी विद्यायको चर्को शुल्कवृद्धिको विरुद्धमा संयुक्त रुपमा आन्दोलन गरिरहेका विद्यार्थीहरुले शिक्षाको बजेट वृद्धि गर्न माग गरेका हुन ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाको नेतृत्वमा गएको टोलीले आइतबार अर्थमन्त्री डा युवराज खतिवडालाई भेटी शिक्षाको बजेट बृद्धि गर्न ध्यानाकर्षण गराएको हो । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष बर्तौलाले शैक्षिक प्रमाणपत्र धितो राखेर निर्व्याजी व्यावसायिक ऋण उपलब्ध गराउन समेत माग गरिएको दैनिकीलाई जानकारी दिए ।

विद्यर्थीको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री खतिवडाले आगामी बजेटमा विद्यार्थी संगठनहरुले उठाएका मागलाई अधिकतम् सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १९:०६