१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

निजी विद्यालयको चर्को शुल्क नियन्त्रणा गर्न कीर्तिपुरका मेयरलार्इ विद्यार्थीको ध्यानाकर्षण


१६ वैशाख, काठमाडाैँ । संयुक्त विद्यार्थी संघ संगठनहरुले शिक्षा क्षेत्रमा चर्को शुल्कप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले संस्थागत बिद्यालयको चर्को शुल्क नियन्त्रण अभियान अन्तर्गत शुक्रबार बाँकी भएका देशका देशभरका स्थानीय तहका प्रमुखहरुलाई अाइतबार ज्ञापनपत्र बुझाएका छन् ।

संयुक्त विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुले कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनलाई अाइतबार ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु त्रिभुवन बिश्वबिद्धालय कमिटीका अध्यक्ष मदन बिष्टले जानकारी दिएका छन । उनले सार्बजनिक शिक्षाको गुणस्तर बृद्धि गर्न सरकारले बनाएको निर्देशिका कडाइसाथ लागु गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १८:३१