१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

झाँक्रीको शक्ति देखाउन कर्णाली नदीमा हामफाल्ने एकको मृत्यु अर्का एक वेपत्ता


१६ वैशाख, काठमाडाैँ । झाँक्रीको शक्ति देखाउन कर्णाली नदीमा हाम्मफाल्ने एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन । बाजुराको जगन्नाथ गाउँपालिका–१ मा झाँक्रीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेकाे अनलाइनखबरले उल्लेख गरेको छ । प्रहरीका अनुसार नदीमा हाफ फाल्ने एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेका छन ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अर्जुन रानाभाटका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट रहेका छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् । उनीहरू नदीको किनारामा बसेर काम्दै  नदीमा हाफ फालेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार ११:१९