१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

चीनले मगन्ते बनेर काठमाडौँमा बसेका आफ्ना नागरिकलाई कारबाही गर्ने


१६ वैशाख, काठमाडौँ । पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न रहने चिनियाँ नागरिकमाथि चीनले गम्भीर चासो देखाएको छ । सडकमा कचौरा थापेर माग्ने काममा संलग्नलाई नियन्त्रणमा लिएर तत्काल कारबाही गर्न शुक्रबार चीनको विदेश मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई निर्देशन दिएको हो।

काठमाडौं उपत्यकाका व्यस्त चोक र सडकमा मगन्तेका रूपमा चिनियाँ भेटिन थालेपछि चीनले चासो लिएको हो । काठमाडौँमा चिनिया मगेन्तेको बिगबिगी भन्ने समाचारहरु प्रकाशमा आएपछि चिनियाँ विदेश मन्त्रालयले दूतावासलाई वास्तविकता बुझ्न र त्यस्तो किसिमको गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको दूतावासका एक उच्च अधिकारीले जानकारी दिए ।

पर्यटक भिसामा नेपाल प्रवेश गर्नेमध्येका केही चिनियाँ सुकिला पोसाक र कतैचाहिँ विपन्न परिवारका झैं भएर चिनियाँ गीतसंगीत र आफ्नै मुलुकका वाद्यवादन बजाउँदै पैसा मागिरहेका भेटिन्छन् ।

यो पनि पढ्नुहोस्

काठमाडाैँमा चिनियाँ मगन्तेकाे बिगबिगी

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार ०८:३०