१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

पोखरा लेखनाथ महानगरपालिकामा दुई पुरुषको शव फेला


१५ वैशाख, कास्की । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा शिनबार दुई पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १८:४६