१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ट्रम्पमाथि महाभियोगअन्तर्गत सार्वजनिक सुनुवाइ सुरु

२८ कात्तिक, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग जाँचअन्तर्गत पहिलोपटक वासिङटनमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो वाइडेनमाथि छानबिन गर्न युक्रेनका राष्ट्रपति बोलोदमीर जेलेन्स्कीमाथि दबाब दिएको आरोप छ । यद्यपि ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पले आफूलाई महाअभियोगको सुनुवाइप्रति कुनै चासो नरहेको  बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो कार्यालयमा टर्कीका राष्ट्रपति रिचप तैयप अर्दोआनसँग बुधबार छलफल गरेका थिए । ट्रम्पले भने, ‘मलाई यो सुनुवाइ हेर्ने फुर्सद छैन । यो दुर्भावनाबाट प्रेरित छ । यो धोखाधडी हो ।’


अमेरिकी डेमोक्रयाटहरूले उनी र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोहोर्‍याउने आशा गरेका छन् । रिपब्लिकन र डेमोक्रयाट दुवैपक्षले यो प्रक्रियाभरी उत्तेजक भाषा प्रयोग गर्दै आएका छन् । रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई ‘कू’ गर्ने प्रयास गरेको आरोप डेमोक्रयाटहरूमाथि लगाएका छन् ।

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुई राजनीतिक प्रक्रियाको पहिलो भाग हो । यदि तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरे त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ । –बीबीसी

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार ०८:५४