४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

१५ वैशाख, रुपन्देही । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ ।
गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले गरे ।
अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्र्तराट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ ।


गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन् । सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् ।
दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ ।

लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १२:०५