१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

इटहरीमा विद्युत् चुहावटबाट आगलागी


१५ वैशाख, इटहरी । इटहरीको सुनसरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रको पसलमा गए राति विद्युत् चुहिएर आगलागी हुँदा चार पसल घर जलेर पूर्ण क्षती भएको छ । आगलागीले एक करोड भन्दा बढि नोक्सानी भएको छ ।

समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । राति १२ बजेतिर सबै सुतेको समयमा आगो सल्किएको थियो । ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन् ।

आगलागीमा अधिकारीको सबैभन्दा बढी करीब रु ४५ लाख नोक्सानी भएको बताइएको छ । नजिकैको दमकल नआइदिएकाले आफूहरुले ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको पीडित अधिकारीले गुनासो गरेका छन् । अधिकारीसँगै अरुको पनि सम्पत्ति नष्ट भएको छ ।

लागेको आगो प्रहरी, स्थानीयवासी र इनरुवापछि आएको इटहरीको दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ । समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १०:१९