३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

विश्वकै होची नेपालकी कल्पना कविरथ, जसको नाम गिनिजमा लेखाउन बाँकी छ

१५ वैशाख, सुनसरी। नेपालमा पटकपटक होचा मानिसहरूका तर्फबाट विश्व कीर्तिमानी राखिएको कुरा चर्चा हुने गरेको छ। सुनसरीको प्रकाशपुरमा रहेको प्रकाशपुर डोबर इंग्लिस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरी कल्पना कविरथ सम्भवतः नेपालकै होची रहेको दाबी गरिएको छ । बराहक्षेत्र–९ प्रकाशपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाइ २९ इन्च मात्र रहेको बताइएको छ ।

उनी विश्वकै होची भएपनि गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाइदिने सोहयोगी भने भेटेकी छैनन् । कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्त लक्ष्मण कविरथले उनको उचाइ २९ इन्च मात्र रहेको बताएका छन। पढ्ने रहरका कारण पढाइलाई निरन्तरता दिँदै आएको कल्पना बताउँछिन। पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साइकलमा आउने गरेको उनले बताइन्।

पढाइमा अब्बल रहेकी कल्पना होचो कद र परिवार सामान्य रहेका कारण विद्यालयले उनलाई निःशुल्क रूपमा पढाइरहेको विद्यालयका अध्यक्ष रवीन घिमिरेले जानकारी दिनुभयो। सहयोगीविना विद्यालयसम्म आउन कठिनाइ हुने कल्पनालाई राज्यले समेत सहयोग गरेर हौसला प्रदान गर्नुपर्ने घिमिरेको वुझाइ रहेको छ। कल्पनाका बाबुआमाका अन्य सन्तान भने सामान्य अवस्थाका छन्। कल्पनाका बाबु दीपक १५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा छन्।

प्रकाशित मिति : 09:45