३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

श्रीमतीलाई कुटेर बहादुर बनिदैन (गजल)

–शम्भुप्रसाद पुडासैनी

निमुखालाई लुटेर बहादुर बनिदैन
आफ्नै सग छुटेर बहादुर बनिदैन ।।

एकता मै बल हुन्छ सन्सार जित्न
भाई-भाई फुटेर बहादुर बनिदैन ।।

संघर्ष धेरै हुन्छ जीवनमा गर्नुपर्ने
आत्म बल टुटेर बहादुर बनिदैन ।।

परिश्रम गर अनि पो फल मिल्छ
डाह गरि घुटेर बहादुर बनिदैन ।।

सम्मानबाटै मजबुत हुन्छ सम्बन्ध
श्रीमतीलाई कुटेर बहादुर बनिदैन ।।

मायाले नै पगाल्न सकिन्छ दुनियाँ
आक्रोश क्रोध जुटेर बहादुर बनिदैन ।।

प्रकाशित मिति : April 28, 2018 at 6:35 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/