१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

हत्याअघि निमरितामाथि बलात्कार भएकै हो : पोस्टमार्टम रिपोर्ट

२२ कात्तिक, कराँची । पाकिस्तानको सिन्ध प्रान्तको लरकाना सहरमा रहस्यमयी ढंगले मृत भेटिएकी निमरिता कौरको शव परीक्षण रिपोर्टमा उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ । स्थानीय डेन्टल कलेजमा बीडीएस अध्ययनरत निमरिताको शव १६ सेप्टेम्बरमा कलेजको छात्रावासमा भेटिएको थियो । सुरुवाती शव परीक्षणमा पनि उनको हत्या भएको आंशका गरिएको थियो ।

अब उनको शवको अन्तिम रिपोर्ट आएको छ जसमा बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शव परीक्षणको अन्तिम रिपोर्ट लरकानाको चन्दका मेडिकल कलेज हस्पिटलले जारी गरेको छ । निमरिताको शवको परीक्षण गरेकी चन्दका मेडिकल कलेज हस्पिटलकी महिला मेडिकल अफिसर डा. अमृताले आफ्नो रिपोर्टमा भनेकी छन्, ‘कि उनको मृत्यु को कारण श्वास फेर्न नसक्नु थियो, घाँटी थिच्दा या झुन्ड्याउँदा यस्तो दाग बन्न सक्छ ।

यसका साथै डीएनए रिपोर्टमा पनि उनको यौनांगमा पुरुष डीएनए पाइएको छ । साथै उनको कपडामा पनि वीर्यको दाग पाइएको छ ।
निमरिता बीडीएसको अन्तिम वर्षकी छात्रा थिइन् । पाकिस्तानी पत्रिका डनलाई प्रहरीका सर्जन डा. करार अहमद अब्बासीले भनेका थिए कि उनको बलात्कारपछि घाँटी थिचेरै हत्या भएको हो । प्रारम्भिक जाँचमा पनि निमरिताको मृत्युको कारण घाँटी थिचेरै भएको बताइएको थियो । उनको घाँटीमा देखिने दाग प्रस्ट थियो ।

निमरिताको हत्याका दिन के भएको थियो ?
१६ सेप्टेम्बरमा निमरिताको शव उनी बस्ने छात्रावासै कोठामा पाइएको थियो । प्रहरीले प्रारम्भिक अनुमानमा उनले आत्महत्या गरेको खुलेको थियो । तर उनका परिवार तथा हिन्दु समुदायले आत्म हत्या नभइ हत्ता भएको हुँदा घटनाको उच्चस्तरीय जाँचको माग गरेका थिए । यो विषयलाई लिएर पाकिस्तानका विभिन्न क्षेत्रमा निकै प्रदर्शनहरु पनि भएका थिए । १७ सेप्टेम्बरमा लरकाना प्रहरीले डेन्टल कलेजका दुई छात्रलाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार ती दुई छात्र निमरिताका सहपाठी थिए । उनको मृत्युको विषयमा न्यायिक जाँच सुरु भएसँगै वास्तविकता बाहिरिएको हो । –बीबीसीबाट

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १४:३३