१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

धादिङका फरार अभियुक्त सूर्यबहादुर तामाङ पक्राउ


१४ वैशाख, धादिङ । ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भई फरार ३६ वर्षीय सूर्यबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गल्छी गाउँपालिका–५ का तामाङलाई शुक्रबार बेनीघाटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालत धादिङले २०७० माघ ५ गते छ वर्ष कैद र रुएक लाख १० हजार जरिवाना गरे पनि उनी फरार रहँदै आएका थिए । उनले २०६१ साल कात्तिक १२ गते स्थानीयवासी ५५ वर्षीय लुङबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १८:२८