३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

खै कहिले छिर्यो कहिले निस्क्यो (गजल)

–दुर्गा पाैडेल ‘अल्छि’

यो रातले अँध्यारो छरेर गयो।
त्यो बातले हृदय हरेर गयो।।

बाँझै थियो यो दिलको गरा त।
खै के बीउ मायालुले छरेर गयो।।

जिताय झैं गरो माथि नै राख्यो ।
हार्यो उ आँफै र तल परेर गयो ।।

खै कहिले छिर्यो कहिले निस्क्यो ।
मायाको शुल मुटुमा भरेर गयो।।

उ विलय भयो उषाको शीत शरी।
लाग्छ नजितिने लडाइँ गरेर गयो।।

 

प्रकाशित मिति : April 27, 2018 at 6:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/