१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

काठमाडौँको टोखामा भीषण असिना, आँखै अघि आँगनमा असिनाको उरुङ (फोटोफिचर)


१४ वैशाख, काठमाडौँ । काठमाडौँको टोखामा भीषण असिना परेको छ । असिनाले जनजीवन प्रभावित भएको छ । सडक, आँगनमा असिनाको उरुङ नै देखिएको छ । खण्ड वृष्टि भैरहेको काठमाडौँमा असिना पनि टोखा खण्डमा मात्रै देखिएको छ ।

कार्यालय समय सकेर घरजाँदै गरेका मानिसहरु असिना पानीबाट बढी प्रभावित भएका छन । असिना रहेपछि भने बालबालिकासहित ठूला मानिसहरु पनि अहिले असिना खेलेर रमाई रहेकाछन .। तस्बीरः पत्रकार शारदा गैरेको फेसबुकबाट ।

बागबजारमा पनि असिना पानी परेको छ । तर टाेखाको जस्तो असिना पानी परेन । 

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १७:३९