४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काठमाडौँको बानेश्वरमा दुई बालकको हत्या, हत्यामा संलग्न दीलिप यादव फरार

१४ वैशाख, काठमाडौँ । काठमाडौंमा दुई बालकको हत्या भएको छ । काठमाडौँको बानेश्वरस्थित सुकुम्बासी बस्तीमा दुई बालकको हत्या भएको हो । सोही वस्तीमा बस्दै आएका दीलिप यादवले करिब एक साताअघि आफ्ना ६ वर्षीय र ८ वर्षीय झड्केलो छोराको हत्या गरेका हुन् । प्रहरीका अनुसार यादवले २ जना झड्केलो छोराको हत्या गरी आफ्नै कोठामा शव लुकाएर राखेका थिए ।

 

वैशाख १० गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा बच्चा हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो । यादवले शुक्रबार आफ्नो परिवारलाई बच्चाको हत्या गरी घरमै शव राखेको खबर गरेका थिए । हत्यापछि फरार रहेका यादवलाई प्रहरीले खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १७:०१