२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

शिक्षा क्षेत्रमा भैरहेको सहयोगका विषयमा शिक्षामन्त्री पोखरेल र अमेरिकी राजदूतबीच छलफल

१४ वैशाख, काठमाडाैँ । शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले संविधानको प्रावधान अनुरुप संघीय ढाँचामा अधिकारमा आधारित शिक्षाको व्यवस्थापन र विस्तारका लागी वैंदेशिक सहायताको खाँचो रहेको बताउनुभएको छ ।

नेपालका लागी अमेरीकी राजदुत एलिना टेप्लिजसंग आज शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले नेपालको संविधानमा शिक्षालाई मौंलिक अधिकारको रुपमा गरेको व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय हुन सक्ने बताउनुभयो ।

 

मन्त्री पोखरेलसंगको भेटमा राजदुत टेप्लिजले नेपाल सरकारको प्राथामिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदुत टेप्लिजले दुई देश बिच आपसी सहमती र समन्वयबाट देशको आर्थिक समृद्वीका लागी सहकार्य गर्न तयार रहेको पनि प्रष्ट्र पार्नुभयो ।
अमेरिकन सरकारले नेपालको शिक्षाको क्षेत्रमा गरेको सहयोगको लागी मन्त्री पोखरेलले धन्यवाद ज्ञापन गर्नुभयो ।

बिद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम, युसआईडी, प्रारम्भिक बाल बिकास कार्यक्रम लगायतका कार्यक्रमहरुले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याएको मन्त्री पाखरेलले बताउनुभयो ।

प्रकाशित मिति : 16:26