१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नविनाको नविन सुरूवातः बिबाहकै दिन मिर्गाैला पीडितको उपचारमा डेढ लाख सहयाेग


१३ वैशाख, काठमाडाैँ ।  नेकपा एमालेकी सांसद तथा विद्यार्थी नेतृ नविना लामाले बिबाह खर्च कटाएर दुवै मिर्गौला फेल भएका एक बिरामीलार्इ उपचारमा सहयोग गरेकी छिन ।

बिहीबारमात्रै बिहे बन्धनमा बाँधिएकी अनेरास्ववियूकी अध्यक्ष समेत रहेकी लामाले दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचाररत अनेरास्ववियूका प्रेम बगालेलाई १ लाख ५१ हजार १११ रुपैया आर्थिक सहयोग गरेकी हुन् ।

२२ बर्षीय बगाले अनेरास्ववियुका पाल्पा जिल्ला अध्यक्ष हुन् । दुबै मिर्गौला फेल भएका बगालेको वीर अस्पतालमा उपचार भइरहेको छ । नवीनाले दिएको चेक बिहीबारै अनेरास्ववियुका नेताहरुले बगालेलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेकाे महासचिव एेन महरले जानकारी  दिए ।

लामाले बिहीबार आफ्ना प्रेमी एवं अनेरास्ववियुका पूर्वनेता प्रवीण श्रेष्ठसँग बैबाहिक सम्बन्ध गाँसेकी छिन् । लामा र श्रेष्ठको नवविवाहित जोडीलाई बधाई दिन प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत बिभिन्न राजनीतिक दलका नेताहरु आर्मी अफिसर्स क्लव भद्रकाली गएका थिए ।

 

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार २१:०४