२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

आफ्नो फाइदा हेर्दा कम्युनिष्ट एकतामा आशंकाः प्रधानमन्त्री अोली

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता गर्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ जस्ता अनावश्यक कुराले चर्चा पाउँदा जनतामा आशंका बढेको बताएका छन । कम्युनष्टि पार्टीका पहिलो प्रधानमन्त्री मनमहोन अधिकारीको सम्झनामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पदको पाउने नपाउने विषयमा बढी चर्चा गर्दा एकताको विषयमा शंका बढेको बताए ।

उनले देश र जनताप्रति गर्नुपर्ने कर्तव्य भन्दा आफ्नो फाइदा हेर्दा कम्युनिष्ट एकतामा आशंका बढेको पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले यस्ता विषयमा ध्यान दिनेहरुको संख्या थोरै रहेको भन्दै नेता र आम कार्यकर्ताले भने देशको भविष्यतिर ध्यान दिएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलाई बिर्सेमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने बताए । तस्बीरहरूः राष्ट्रिय समाचार समिति (रासस)

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १३:४०