८ माघ २०८१, मंगलवार | Tue Jan 21 2025

देउवासँग सीले भने ‘चीन-नेपाल सम्बन्धमा कांग्रेसले पुर्याएको योगादन चिनियाँ जनताले भुल्न सक्दैनन’

२६ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । राष्ट्रपति सीले काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएको सिन्ह्वाले जनाएको छ । भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताए । सीले भने ‘नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ।’

भेटमा सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको बताएका थिए । देउवाले पनि नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घटकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद  दिएका थिए । देउवाले नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने बताउँदै नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोर्याए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार ०९:०७