१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

माेदी र सीबीचकाे अनौपचारिक वार्ता सकियाे, व्यापार र लगानीबारे छलफल

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचकाे अनौपचारिक वार्ता सकिएको छ । दुई नेताबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा करिव ४० मिनेट अनौपचारिक वार्ता सम्पन्न भयाे । त्यसपछि दुई देशको प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो ।

वार्तापछि चिनियाँ राष्ट्रपति सीले तामिलनाडुमा पाएको स्वागतप्रति खुसी जनाउँदै भने, ‘भारतको यो भ्रमण स्मरणीय रहनेछ । यो भ्रमणले भारत र चीनको बीचमा भावनात्मक सम्बन्ध निकै गहिरो भयो । हिजो र आज हामीले निकै राम्रो कुराकानी गर्‍यौं । हामीले एकअर्कासँग साथीको रुपमा कुराकानी गर्‍यौँ ।’

यस्तै वार्तापछि मोदीले भने, ‘२१औं शताब्दीमा भारत र चीनले नयाँ उचाई हाँसिल गरिरहेका छन् । हामीले मतभेदहरु हटाउने र कुनै विवाद उत्पन्न हुने नदिने तय गरेका छाैँ । चेन्नई समिटमा हामीले विश्व र द्वीपक्षीय मुद्दामा कुराकानी गर्‍यौँ । यसले दुई देशबीच सहयोगको नयाँ यात्रा सुरु भएको छ ।’ भारतीय विदेश मन्त्रालयले दुई नेताबीच व्यापार, अर्थ व्यवस्था र लगानीबारे छलफल भएको जनाएकाे छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १४:५७