२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

निजी विद्यालयको लुटविरूद्ध विद्यार्थीहरु आन्दोलित, शुल्क नघटाए शैक्षिक हड्ताल गर्ने चेतावनी

१२ वैशाख, काठमाडौँ । निजी विद्यालयले शुल्कको नाममा अभिभावक लुटेको भन्दै विद्यार्थी संगठन आन्दोलित भएका छन । आन्दोलित विद्यार्थी संगठनका प्रतिनिधिले बुधबार भक्तपुरको सानोठिमीमा रहेको शिक्षा विभागको घेराउ गर्दै प्रदर्शन गरेका हुन । प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए ।

शिक्षा विभाग आफैले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । उनले शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले आगामी वैशाख १४ गते देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने कार्यक्रम समेत तय गरेको जानकारी दिए । भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा केहीबेर घम्साघम्सीसमेत भएको थियोे ।

बर्ताैलाको सम्बोधन 

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १२:२५