७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

ट्रम प्रशासनको निशानामा नेपाली, टीपीएस सुविधा पाएका ९ हजार नेपालीलाई देश निकाला गर्दै


१२ वैशाख, काठमाडौँ । अमेरिकाले टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) सुविधा पाएका ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । त्यसका लागि अमेरिकाले टीपीएस खारेजीको अन्तिम तयारी गरेको छ ।

नेपालमा बिक्रम संवत् २०७२ सालमा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै अमेरिका सरकारल डकुमेन्टबिना अमेरिकामा बसिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो अब त्यो सुबिधा खारेज गर्न लागिएको द वासिङट्न पोष्टले जनाएको छ । उक्त सुविधा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको थियो । टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने बताइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०८:२५