१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

ट्राफिक प्रहरीको एसिड प्रहारबाट महिला घाइते, अपराधिलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

११ वैशाख, चितवन । भरतपुरस्थित त्रिचोक नजिकै ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले एसिड प्रहार गरी त्यही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका छन् ।


सोमबार अपराह्न खनियाँले कल्पनालाई एसिड प्रहार गरी घाइते नाएका हुन् । कल्पनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीकोे एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

दुःखद घटना घटेको भन्दै यस्तो घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको बताए । उनले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताए ।

सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०७:४८