२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

प्रचण्डले एकता प्रक्रिया लम्बाए एमाले प्रवेश गर्ने माओवादीका शीर्ष नेताको चेतावनी

११ बैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका शीर्ष नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया लम्बाए एमाले प्रवेश गर्ने चेतवनी दिएका छन । छिटो एकता गर्नका लागि दबाब दिन माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले नेताले एमाले प्रवेश गर्ने चेतावनी दिएका हुन ।

माओवादी स्रोतका अनुसार वरिष्ठ नेता श्रेष्ठ, नेता टोपबहादुर रायमाझी लगायतले अध्यक्ष प्रचण्डलाई एकता प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन निरन्तर दबाब दिँदै आएका छन । एकता विलम्ब भए आफूहरु एमालेमा प्रवेश गर्ने उनीहरुले चेतावनी पनि दिएका हुन । उसो त नेता श्रेष्ठलाई माओवादीभित्रका एमाले भनेर आरोप लाग्दै आएको छ । उनी यसअघि पनि एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो । दुई पार्टीका एकता हुनुपर्नेमा उनले लामो समयदेखि लविङ गरिरहेका छन् ।

एमाले–माओवादीको अहिलेको निकटता बढाउन श्रेष्ठको महत्वपूर्ण भूमिका छ । पछिल्लो समय नेता श्रेष्ठ लगायतका माओवादी नेताहरुको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढेको छ । अघिल्लो आइतबार प्रचण्डसँगको भेट स्थगित भएपछि ओलीले श्रेष्ठलाई बालुवाटार बोलाएका थिए । उनीहरुबीच लामै कुराकानी भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०७:०८