२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्री पोखरेलको निर्देशन

१० बैशाख, काठमाडाैँ । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आज श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुग्नु भएका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिनुभएको हो ।

शनिबार साँझ चार जनाका समूहमा आएका व्यक्तिको आक्रमणमा परी घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घटनाबारे जानकारी लिदैं मन्त्री पोखरेलले आक्रमण हुदाँको दृश्य मोबाइल र सिसी क्यामराको माध्यमबाट हेरर आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदाहुँदै पनि घटना भएको ४८ घन्टासम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले गृह मन्त्रीलाई भेटेर यसबारे जानकारी गराउने समेत बताउनुभयो । यसैगरी आजै साँझ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रमुख श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र प्रमुख श्रेष्ठको सुरक्षाको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।

यसैगरी आजै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र लगायतले नगर प्रमुख श्रेष्ठलाई अस्पतालमा आएर भेटी उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार २२:२३