१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा महेश बर्ताैला, काे हुन बर्ताैला ?

१० बैशाख, काठमाडाैँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाएका छन । अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै सोमबारदेिख कावा अध्यक्षको काम गर्ने गरी बर्ताैलालार्इ जिम्मेवारी दिएकी हुन । कार्यबहाक अध्यक्षको जिम्मेबारी पाउने बर्ताैला कुशल संगठक हुन भने अनेरास्विवयुमा सबै तहका कमिटीमा रहेर काम गर्ने अनुभवी नेता पनि हुन ।

को हुन महेश बर्तौला ?

मकवानपुरको दुर्गम गाँउ नामटारमा जन्मेर निकै संघर्ष भोगेका महेश बर्तौला स्कुल पढ्दा देखि नै राजनीतिमा जुझारु रुपले लागेका थिए । २०५३ सालमा कक्षा सातमा अध्ययनरत रहदा नै अनेरास्ववियु प्रा।क।को अध्यक्षको जिम्मेवारी सहित संगठित भएका थिए । एक अनुसाशित, शालीन, निडर एवं इमान्दार व्यक्तित्वको रुपमा आफुलाई बिकास गरेका महेश, स्कुल पढ्दाकै बेला अनेरास्ववियु मकवानपुरको जिल्ला कमिटी सदस्य समेत रहेका थिए ।

आफुलाई अब्बल साबित गराउदै अघि बढेका महेश, इलाका कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी अध्यक्ष, क्याम्पस कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, सचिव हुदै २०६१ र २०६३मा दुई कार्यकाल मकवानपुर जिल्ला कमिटी अध्यक्ष समेत बने । ६२/६३ सालको आन्दोलनमा शशक्त भूमिका निर्वाह गरेका उनि हेटौडामा दुई पटक सम्म अनिश्चितकालीन नजरबन्दमा परेका थिए । दर्जनौपटक प्रहरीको कस्टडीमा परेर यातना समेत भोगेका उनि आफ्नो बिगत समझदा आङ् शिरिंग हुने गरेको भएता पनि थप अगाढी बढ्ने प्रेरणा समेत मिलेको कुरा बताउछन ।

त्यसै गरि २०६३ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटी उपाध्यक्ष समेत रहेका उनि २०६४ सालमा ने।क।पा। एमाले मकवानुर जिल्ला कमिटी सदस्य को जिम्मेवारी समेत वहन गरे । ८००० विद्यार्थी पढ्ने ठूला क्याम्पसहरु मध्येको एक, मकवानपुर बहुमुखी क्याम्पसमा २०६० सालमा स्ववियु सदस्य हुदै २०६२ र २०६५ को स्ववियु निर्वाचनबाट मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाको दुई कार्यकाल सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । त्यसै गरि, संगठनमा सिनियरिटिका आधारमा २०६६ सालमा स्ववियु काउन्सिल नेपालको संयोजक समेत रहेका थिए ।

२०६५ सालमा अनेरास्ववियु मध्यमाञ्चल व्युरो प्रमुख तथा केन्द्रिय सचिवालय सदस्य हुदै २०६७ सालमा पुनस् अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य निर्वाचित भए । २०७० सालमा अनेरास्ववियु केन्द्रिय सचिवमा लोकप्रिय मत सहित बिजयी भएका उनि महासचिवको शशक्त दावेदार हुँदा–हुँदै २०७२ सालमा सम्पन्न अनेरास्ववियु को २२औं महाधिवेशनबाट सर्वाधिक मत सहित केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका उनि विद्यार्थी माझ निकै लोकप्रिय एवम् शालिन नेताका रुपमा परिचित छन् ।

नाकाबन्दी र संविधान संशोधन विरुद्धको आन्दोलनमा अनेरास्ववियुको तर्फबाट कमाण्डरको भूमिका निर्वाह गर्दा नेपाललाई दिल्लीबाट सञ्चालन गर्न खोज्ने भारतीय दादागिरिलाई अन्तय गर्न र नेपालको सार्वभौमिक्ता, अखण्डता, स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा व्यापक जनमत निर्माण गर्न अनेरास्ववियुबाट महत्वपूर्ण अगुवाई गरेका छन् । राजनीतिक शास्त्र एवं व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले कानुनमा स्नातक समेत गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार २२:४०