४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रियसभा निर्वाचनका लागि अाचारसंहिता लागू

काठमाडौं । २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अाजदेखि आचारसंहिता लागू भएको छ। अायोगले जारी गरेको अाचारसंहिता अाज देखि लागु हुने जनाएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न शुक्रबारदेखि लागु गरिएको आचारसंहिता पूर्ण रूपमा लागु गर्न सम्पूर्ण दल तथा उम्मेदावरलार्इ अायोगले अाग्रह गरेको छ ।

अाचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।

election commission of nepal

यसैबीच आयोगले आज जिल्ला निर्वाचन अधिकारीहरुलाई राष्ट्रिय सभा चुनावमा भोट हाल्ने तरिका सिकाउने भएको छ। शुक्रबार ललितपुर, नेपालगञ्ज र विराटनगरमा देशैभरका जिल्ला निर्वाचन अधिकारीलाई भेला गरी आयोगले तालिम दिन लागेको अायोगका प्रवक्त नवराज ढकालले जानकारी दिए ।

तालिम लिएर गएका निर्वाचन अधिकारीले आ–आफ्ना जिल्लामा राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई भोट हाल्ने तरिका सिकाउने उनले बताए ।

अाज देखि १८ गतेसम्म सबै जिल्लामा अायोगले मतदानको तरिका सिकाउने छ । एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने निर्वाचनमा कसरी भोट हाल्ने भन्नेबारे जिल्ला निर्वाचन अधिकारीले मतदातालाई सिकाउने छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था छ। राष्ट्रियसभा सदस्य निर्वाचन माघ २४ गते हुनेछ । कुल ५९ सदस्यी राष्ट्रियसभाका ५६ सदस्य एकल संक्रमणिय प्रणालीबाट निर्वाचित हुने छन् ।

जसका लागि बुधबार मोनयन दर्ता भइसकेको छ । ५६ सिटका लागि हुने निर्वाचनमा नौ दलका ८३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको बताए ।

उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा १७ जना निर्विरोध भएका छन् भने अब बाँकी ३९ सिटका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०९:४०