१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ठगी धन्धामा संलग्न २७७ जना चिनियाँ नागरिक पक्राउ

२७ भदौ, मनिला । फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको फिलिपिनी अधिकारीहरुले जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोका दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ ।

चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् । मोरेन्टेले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद ४ जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरु २७३ जना पक्राउ परेको मोरेन्टेले बताए।

चिनियाँ अधिकारीहरुका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरुको पासपोर्ट समेत चीनले रद्द गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार १३:४३