२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

पार्टी एकता भाड्न षडयन्त्र भैरहेको छः प्रचण्ड

९ बैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानजनक, समानता र न्यायोचित तरिकाले पार्टी एकता हुनुपर्नेमा पुनः जोड दिएका छन । आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसममा बोल्दै प्रचण्डले पार्टी एकतालाई भाड्न धेरै षड्यन्त्र भैरहेको तर यसलाई पञ्छाएर अघि बढ्ने जानकारी दिए ।

उनले भने ‘एकताको मिति तोक्यो भने विभिन्न षड्यन्त्र हुँदा रहेछन, त्यसैले हामीले पहिले मिति नै नतोकी ड्याम्मै एकता गर्ने हो ।’ अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतादेखि नै एमालेसँग एकताको कुरा चले पनि अहिले आएर त्यसले पूर्णता पाउने क्रममा रहेको प्रष्ट पारे । ठूलो प्रक्रियामा भएका केही असमझदारीहरुलाई लिएर एमाले र माओवादीबीच एकीकरण हुँदैन कि भनी टिप्पणी नगर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : 19:17