२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

ओली र प्रचण्डले व्यानरको गल्ती स्वीकार गरे, अब दुई वटा व्यानरमा कार्यक्रम हुने

९ वैशाख, काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा व्यानरमा भएको गल्तीमा दुई पार्टीका अध्यक्षले गल्ती स्वीकार गरेका छन । व्यानरको गल्तीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती स्वीकार गरेपछि व्यानर विवाद समाधान भएको छ ।

उनीहरुले लेनिन र माओको तस्वीरविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा स्वीकार गरेको बैठकमा सहभागी माओवादीका एक नेताले बताए ।

उनका अनुसार अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ । एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर पनि तयार भएको छ ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १५:३२