२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

२२ भदाै, काठमाडाैँ । नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो ।

नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल ग¥यो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक÷एक गोल गरिन् । सावित्राले खेलको तेस्रो, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गरेकी थिइन् ।

यस्तै अनिताले ३४औँ मिनेट तथा खेलको अन्तिम समयमा, दिपाले २५औँ मिनेटमा र कप्तान निरु थापाले खेलको ३७औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालले सोमबार उज्वेकिस्तानसँग खेल्नेछ । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १८:४५