१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नवलपरासीमा वालुवाको अवैध तस्करी बढ्यो

९ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।

रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् ।

यद्यपि खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन । खोलामा दिनहुँ करीब १०० ट्याक्टर अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री वितरण गरिरहँदा रामग्राम नगरपालिका मौन बसेको छ । नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् ।

तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ । यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप बसेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार ०७:०९