७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाली मुलका अर्थशास्त्री पराग पाठकलाई ‘क्लार्क अवार्ड २०१८’


९ बैशाख, काठमाडौँ । क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याए बापत पाठकलाई अवार्ड प्रदान गर्न लागिएको हो ।

४० वर्ष भन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने उक्त अवार्ड प्राप्त गर्ने पाठक पहिलो नेपाली मूलका अर्थशास्त्री हुनुहुन्छ । क्लार्क अवार्डलाई नोबेल पुरस्कारपछि दोस्रो ठूलो मानिन्छ । ३७ वर्षिय पाठकले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनका लागि सो अवार्ड प्रदान गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार ०५:४१