१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

प्लान इन्टरनेशनलको ‘प्लान’ चौपट, अोली सरकारले गर्यो ८ अर्बको परियोजना प्रस्ताव अस्वीकृत


८ बैशाख, काठमाडौँ । प्लान इन्टरनेशनल नेपाली प्राथमिकताविपरीतको ८ अर्बको कार्यक्रम रोकिएको छ । नेपालको विकास साझेदार अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेशनलले आगामी पाँच वर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकताविपरीत रहेको पाइएको आजको नागरिक दैनिकीले उल्लेख गरेको छ ।

प्लानले हालै समाज कल्याण परिषद्को माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचवर्षे कार्यक्रम पेश गरेको थियो । ८ अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा सफ्टवेयरमा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ । मन्त्रालयअन्तर्गतको सहजीकरण समितिले उक्त आयोजनाको फाइल समाज कल्याण परिषदमै फिर्ता गरिदिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०७:१८