१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

नुवाकोटकी बिनाकुमारी ढुंगेल हराएको एक महिनापछि मृत अवस्थामा फेला


६ बैशाख, नुवाकोट । किस्पाङ गाउँपालिका–२ फिकुरीकी बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतअवस्थामा भेटिएकी छिन् ।

पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो ।

शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण गरी परिवारले जिम्मा लिएका छन् । मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १३:१७