१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

निजी विद्यालयको ब्रम्हलुट कसले नियन्त्रण गर्नेः उपाध्यक्ष बर्तौला

५ बैशाख, काठमाडौँ । अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलाले देशमा लोकतन्त्र, गणतन्त्र आएको र राजनीतिक व्यवस्थामा पनि परिवर्तन आएको तर शिक्षा क्षेत्रमा लोकतन्त्र आउन नसेको बताएका छन । बुधबार काठमाडौँमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष बर्तौलाले नीजी विद्यालय निर्देशिका र कानून अनुसार किन चल्दैन् भन्दै प्रश्न गरे ।

उनले अघि थपे ‘नीजी विद्यालयले गरेको ब्रम्हलुटलाई कसले नियन्त्रण गर्ने ? म यही मञ्चबाट सोध्न चाहन्छु ।’ उपाध्यक्ष बर्तौलाले नीजी विद्यालयहरुले मनोमानी ढंगले शैक्षिक शुल्क तोकिएको, शिक्षा क्षेत्रमा आतंक मच्चाइएको आरोप लगाए । उनले थपे,‘एक क्लासमा पनि एक लाख शुल्क लिईएको छ, यस्था ठाउँमा निरिक्षण गर्नुपर्छ । हामी चुप लागेर बस्दैनौं, शुल्कवृद्धि घटाउनुपर्छ ।’

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार १८:२६