६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

२१ साउन, एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । स्वराजको ६७ वर्षकाे उमेरमा मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । केही वर्ष पहिले स्वराजले किड्नी टन्सप्लान्ट गरेकी थिइन् ।

 स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् ।

१९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् ।

उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । स्वास्थ्यमा आएका खराबीका कारण उनले २०१९ को लोकसभा निर्वाचनमा भाग लिएकी थिइनन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार ०७:१७