१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अपराध महाशाखाको जिम्मेवारी एसएसपी धीरजप्रताप सिंहलार्इ

४ वैशाख, काठमाडाैँ । ३३ किलो सुन प्रकरणमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी संलग्न रहेको अभियोगमा प्रहरी प्रधान कार्यालय तानिएपछि संघीय प्रहरी इकाइ कार्यालय बागमतीका एसएसपी धीरजप्रताप सिंहलाई महाशाखाको प्रमुख बनाइएको छ ।

गृह मन्त्री रामबहादुर थापाले एसएसपी सिंहलाई महाशाखामा काज सरुवा गर्न निर्देशन दिएका थिए । काठमाडौ लगायत देशका बिभिन्न भागमा कार्यरत रहेर आफ्नो योग्यता प्रर्दशन गरेका एसएसपी सिंह अपराध अनुसन्धान बिज्ञको रुपमा समेत परिचित रहेका छन ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलवार १०:२६