१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नेपाली नेतालार्इ भोज खुवाउन खोलिएको भारतीय दूतावासको कार्यालयमा बम बिस्फोट

४ वैशाख, काठमाडौँ । भारतीय दूतावासको सम्पर्क कार्यालयमा सोमबार राति बिस्फोट भएको छ । मोरङको विराटनगर महानगरपालिका–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमतर्फको पर्खालमा बम विष्फोट भएको हो । राति ८ः१५ बजे बम विष्फोट हुँदा पर्खालमा सामान्य क्षति भएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरीले जनाएको छ । सम्पर्क कार्यालय हटाउन परराष्ट्र मन्त्रालयले निरन्तर आग्रह गर्दै आए पनि भारतले अटेर गर्दै आएको थियो । परराष्ट्रले उक्त कार्यालयको कुनै प्रशासनिक र अन्य काम नरहेको जनाएको छ ।

त्यस कार्यालयले स्थानीय तहमा जनसम्पर्क विस्तार, पार्टी गर्ने, सूचना बटुल्ने र भेला गर्दै आएको छ । यसअघि मोहन बैद्य नेतृत्को माओवादी क्रान्तिकारी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिराटनगरमा रहेको भारतीय कार्यालय हटाउन माग गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार २३:२१