१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

श्रममन्त्री विष्टको स्वागतयोग्य निर्णय, विदेशी जेलमा रहेका नेपालीलाई कानुनी सेवा उपलब्ध गराइने

३ बैशाख, काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका झण्डै ४० लाख नेपाली र तीनबाट अश्रित परिवारलाई नै प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने नीतिगत निर्णय गराएका छन ।

मन्त्री भएदेखि नै मन्त्रालय मातहतको विकृति न्यूनिकरणमा क्रियाशिल रहेका मन्त्री विष्टले बहुसंख्यक नेपालीलाई खुसी दिने निर्णय गराएका हुन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकबाट मन्त्री विष्टले वैदेशिक रोजगारीका क्रममा जेलमा परेका नेपालीहरुका लागि सरकारले नै कानुनी परामर्श सेवा उपलब्ध गराउने निर्णय गरेका हुन ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री विष्टले नेपाली कामदारको कानुनी प्रतिरक्षाका लागि सरकारले नै कानुनी सेवा दिने निर्णय गरेको जानकारी दिए । उनले नेपाली नियोगहरुमा भाषा जानेका जनशक्ति राख्ने निर्णय पनि भएको बताए । बैठकले छुट्टा छुट्टै चार कार्यदल पनि बनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १८:५०