१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विमानस्थलमा शव कक्ष तयारः पाँच वर्षदेखिकाे पहल श्रममन्त्री विष्टले पाँच दिनमै साकार पारे

३ वैशाख, काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्युु भएका व्यक्तिको शव लिनको लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष तयार गर्ने भएको छ । पाँच वर्षदेखि श्रम मन्त्रालयले पहल गरिरहेको भए पनि हालसम्म यसले सार्थकता पाउन सकेको थिएन । तर पाँचदिन अघिदेखि पहल थालेको श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले अबको १० दिनभित्रै उक्त शव कक्ष स्थापना हुने बताएका छन ।

सरकारले गम्भीर ढंगले जनताको सेवा गर्नुपर्छ भन्ने मान्यता बोकेका विष्टले पाँच वर्ष अघिदेखि सुरु भएको पहललाई आफ्नै सक्रियतामा पाँच दिनमै साकार पारेका हुन । सोमबार पत्रकार सम्मेलन गर्दै श्रम तथा रोजगारमन्त्री विष्टले अबको १० दिनमा विमानस्थलमा शव कक्ष तयार हुने जानकारी दिए ।

उनले आवश्यक ठाउँको पनि टुंगो लगाइसकिएको जानकारी दिए । मन्त्री विष्टले शव लिँदा आफन्तले पाउने गरेको दुःखप्रति सरकार संवेदनशील रहेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १७:४६