दूधको भाउ प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी
१२ साउन, भरतपुर । चितवनका दुग्ध किसानले मूल्य बढाउन लागेका छन् । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो । गत हप्ता शुक्रबार बसेको संघको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।

“१–२ दिनमै घोषणा गर्दैछौं”, उनले भने, “लागत बढेको छ, किसानले मूल्य नपाएपछि बढाउन बाध्य भएका हौं ।” महँगी बढेपछि दूध उत्पादनको लागत समेत बढेको उनको भनाई छ । “दाना, चोक्कर, औषधि, प्राविधिक सबैको मूल्य बढेको छ”, उनले भने, “किसानले बेच्दा मुस्किलले ४९ रुपैयाँ पर्छ, उपभोक्ताले किन्दा ८० पर्छ, किसानलाई राहत दिन मूल्य बढाउन लागेका हौं ।”
डीडीसीले दूधको गुणस्तर राम्रो भएको भन्दै दिदै आएको अतिरिक्त अनुदान पुन दिनुपर्ने, विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिनुपर्ने, दुग्ध उत्पादक सहकारीलाई कर छुटको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए । कारोबार दैनिकमा खबर छ ।
प्रकाशित मिति : 08:34









