१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

८ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार  नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । नेपालले बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ ।


मौद्रिक नीतिमा विशेष पुनर्कजा र ब्याजदर यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन् । सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने मौदि्रक नीतिमा उल्लेख छ । प्राथमिकता प्राप्त कर्जाको सीमा यथावत राखिएको छ । लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पनि पुरानै कामय राखिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १७:२७