१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

शैक्षिक छात्रवृत्ति स्थापनाका लागि ग्लोबल आइएमई बैंकको सहयोग

७ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृतिकोष स्थापनार्थ रु २ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक राणाले देशको आर्थिक तथा सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । उहाँले यस्ता सामाजिक कार्यले बैंकलाई जनतामाझ पुर्याउन सहयोग पुगेको बताउँदै उग्रचण्डी नाला समाजलाई सहयोग गर्न पाएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

उग्रचण्डी नाला समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकमबाट शैक्षिक छात्रवृत्तिकोषको स्थापनामा प्रयोग गरिने र त्यसबाट प्राप्तव्याज रकमबाट चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिने जानकारी गराउनुभयो । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १३:११