१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेपालको सामाजिक सुरक्षाको महत्त्वपूर्ण स्रोत गुठी : अर्थमन्त्री खतिवडा

३ साउन, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सामाजिक सुरक्षाको महत्त्वपूर्ण स्रोत गुठी भएकाे बताएका छन् । काठमाँडौमा सोमबार आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको स्मरण गरे ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए । गरिब, पछाडि परेका समुदाय र वृद्धवृद्धा, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षाअन्तर्गत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १३:३१